बराबरीमा रोकियो एसी मिलान

Mar 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २०

इटालियन सिरी (ए) फुटबलमा एसी मिलान उडीनेजेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एसी मिलानले उडीनेजसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा एसी मिलानको लागि फ्रेंक केसीले एक गोल गरे भने उडीनेजको लागि रोड्रिगो बिकावोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने उडीनेजले लिएको थियो। खेलको ६८ औं मिनेटमा रोड्रिगो बिकावोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा मिलानका फ्रेंक केसीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै एसी मिलानले २५ खेलबाट ५३ अंक जोडेको छ र दोस्रो स्थानमा छ।उडीनेजको २५ खेलबाट २९ अंक छ र ११ औं स्थानमा छ ।