लिग वान फुटबलमा पीएसजीको जित

Mar 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २०

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा साँघुरो जित निकालेको छ ।बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन पाब्लो सरबियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।सरबियाले खेलको २० औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै पीएसजीले २८ खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित बोर्डोको ३३ अंक छ र १५ औं स्थानाम छ ।