• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Mar 3rd, 2021

काठमाडौं, फागुुन १९

पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले करीव ५ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना १९ प ७६९५ र बीआर ०५ भी २५७० नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको जुत्ताचप्पल, किराना सामान र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ३० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीब ३ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ ।

उल्लेखित सामान पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।