• गृहपृष्ठ
  • ३ हजार ३ सय ९९ को नमूना परीक्षण गर्दा ८७ जनामा कोरोना सङ्क्रमण

३ हजार ३ सय ९९ को नमूना परीक्षण गर्दा ८७ जनामा कोरोना सङ्क्रमण

Mar 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १९

बुधवार थप ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ३ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ९९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ६६ जना छन् । हालसम्म २१ लाख ७३ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६२ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ६ सय ५ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।