• गृहपृष्ठ
  • एक मात्र पबित्र नदी गोदावरी खोला पनि ढलमतिमा परिणत हुँदै

एक मात्र पबित्र नदी गोदावरी खोला पनि ढलमतिमा परिणत हुँदै

Mar 3rd, 2021

ललितपुर, फागुुन १९

ललितपुरको एक मात्र पबित्र नदी गोदावरी खोला पनि ढलमतिमा परिणत हुुदै गएको छ । दक्षिणतिर बाट उत्तरतिर बग्ने गोदावरी नदी पनि अब ढल मुक्त हुन सकेको छैन । यो अवस्थामा ललितपुरको सिस्नेरी, लामाटार, लुभू, चाङ्गाथली हँुदै बग्ने राजकूलो पनि अब ढलमतीमा परिणत हुुने खतरा बढेर गएको छ ।

सो ढल सूर्यविलायक नगरपालिका वडा नं. २, बालकोटको ढु ङ्गी खोलामा मिसाई अब एक मात्र र्धािमक नदी गोदावरी खोलाको नाम ढलमति भएको छ । यस विषयमा महालक्ष्मी नगरपालिकाका वडा अध्यक्ष नकुल थापा संग बुझुदा लुभू टाउन प्लानिङ्ग र वडानंं. ७,८,९, बाट ढल पठाउन नदिने र आगामी नगर सभामा व्यवस्थित ढलको लागि पहल गर्ने बताए । सुर्य विनायक नगरपालिकाका वडा नं. २ का नगर सदस्य सुवास कार्कीका अनुसार ललितपुरका प्रदेश नेता तथा जन प्रतिनिधिसंग ढल बन्द गर्न अपील गरेको बताए । अर्का राधाकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निवर्तमान अध्यक्ष तथा मोतेस्वर समाज सुधार समितिका अध्यक्ष मोहन के. सि.को नेतृत्वमा यही फागुन २२ गोदावरी सरसफाईमा जुट्न सम्पूर्ण सरसफाई अभियन्ता टोलबासीलाई आब्हान गर्दै यस खोलाले पाटन, कोटेश्वर, टिकाथली बासीले नुहाउने खोलामा ढल मिसाइदा निकै दुख लागेको र अब हामी नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिने र सुनवाई नभए ढल जहाँबाट शूरु भएको हो त्यही पुगेर बन्द गर्ने बताए ।

सोही बिषयमा कुुरा गर्दा हनुमन्ते खोला सरसफाई अभियन्ता जयराज पौडेलले ढुङ्गी खोलामा ढल मिसाएकोमा हामीले वडा प्रतिनिधिलाई जानकारी दिएको हाल सम्म जन प्रतिनिधिले कुनै पहल नगरेको बताए । अब पनि ढल रोक्न पहल नगरे स्थानीय जन समुदायसंग मिली आन्दोलनका साथै ढल आउने स्थानमा नै बन्द गर्ने चेतावनी दिए ।