• गृहपृष्ठ
  • आज पनि प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

आज पनि प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

Mar 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौ, १९ फागुन

आज सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ८७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ८७ हजार ५० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ८६ हजार ५५० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु २५ ले वृद्धि भएको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार ३१५ तोकेको छ । यस अघि मंगलबार चाँदी प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।