• गृहपृष्ठ
  • वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

Mar 1st, 2021

काठमाडौं फागुुन १७

वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका–१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।