• गृहपृष्ठ
  • पीसी पीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पीसी पीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

Mar 1st, 2021

काठमाडौ, फागुुन १७

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसी पीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह आज सोमबार राजधानीस्थित होटेल काठमाडौँ म्यरिओटमा आयोजना गरेको छ । यो कलेज बेलायतस्थित प्रशिद्ध बेडफर्ड शाईर विश्वविद्यालयसंग आवद्ध छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञानएवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषयसंग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । साथै शिक्षा ऐनको संसोधन गरी आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराए ।

यसैगरि समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जलानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाकोरुपमा उभ्याउन सफल भएको बताए । “नेपाली विद्यार्थीहरु नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,, उनले भने । समारोहमा अर्का वक्ता काठमान्डू विश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति आफु गौरवान्वित भएको बताए ।

समारोहका बिशेष अतिथि एवं एनबिसीसीआइका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कर्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गरे । यससंगै दिक्षित बिद्यार्थीहरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे । कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उर्तिण बिद्यार्थीहरुप्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिजनेस एडमिनिस्ट्रेसन् बिषयहरुला स्नातकतहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि आर्टिपिÞmसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।