नेप्से ४० अंकले बढ्यो

Mar 1st, 2021

काठमाडौ, फागुन १७

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार ४० दसमलव ६४ अंकले बढेर २५ सय १५ दसमलव तीन अंकमा चढेको छ भने सेन्सिटिभ छ दसमलव ४७ अंकले बढेर चार सय ५३ दसमलव ७५ अंकमा चढेको छ । आज दुई सय नौ वटा कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोवारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ८२ अंकले बढेर १८ सय १९ दसमलव सात अंकमा पुुगेकोमा जलबिद्युुत समुहको सुचक पनि ३० दसमलव ७९ अंकले बढेर १९ सय ७० दसमलव ६६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल र पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिटिजन्स म्युुजअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने चन्द्रागिरी हिल्स लिमिटेड परेको छ ।