• गृहपृष्ठ
  • साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

Feb 28th, 2021

काठमाडौं, १६ फागुन

प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका-२ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली फेसबुक पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो, भोटाहिटी काठमाडौंबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने नियतका साथ प्रहरीको छविलाई वदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरुलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।