• गृहपृष्ठ
  • अनाधिकृतरुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ

अनाधिकृतरुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ

Feb 28th, 2021

काठमाडौ, फागुुन १६

अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार अनाधिकृतरुपमा फिल्म पाईरेसी गरेको अभियोगका आधारमा लमजुुङ बेसीसहरका २५ बर्षिय सुजन परियारलाई पक्राउ गरीएको हो । थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले सिनेमा घर एपको माध्यामबाट नेपाली कथानक चलचित्रहरु बिक्रि विरतण गर्ने कार्य गर्दै आई रहेकोमा अनाधिकृत रुपमा अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यामबाट थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले वितरण गरेका कथानक चलचित्रहरु सामाजिक संजाल युुट्वमा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने ब्यहोराको उजुरी महाशाखामा परेको थियो ।

सोही उजरीको आधारमा उक्त घटनाको सम्बन्धमा अनुसन्धान एवं खोजतालस गर्दै जाँदा उक्त कार्य गर्ने सुजन परियार लम्जुङ जिल्लाको एरियामा बस्दै आएको भन्ने बुझिएकोले जि.प्र.का. लम्जुङ संग समन्वय गरी यही फागुन १३ गते पक्राउ गरी परियारलाई महाशाखामा ल्याई प्रतिलिपी अधिकार ऐन अन्तर्गत को कसूरमा आवश्यक कारवाहीको यही फागुुन १४ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएकोमा जिल्ला अदालतबाट दिन ५ म्याद थप भई अनुसन्धान भैररहेको महाशाखाले जाएको छ । यस्तै प्रकृतीका कार्यहरु कसैले जानी नजानी अनाधिकृत रुपमा डाउनलोड वा लाइभ गरी ईन्टरनेटमा वा कुनै पनी सामाजिक संजालमा शेयर तथा अपलोड गरेमा प्रतिलिपी अधिकार ऐन विरुद्धको कार्य हुने भएकोले कानुन वमोजिम कारवाही हुने व्यहोरा महाशाखाले जनाएको छ ।