एकै दिन ७९ अंकले घट्यो नेप्से

Feb 28th, 2021

काठमाडौ, फागुुन १६

नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से ७९ दसमलव ७४ अंकले घटेर २४ सय ७४ दसमलव ३९ अंकमा झर्दा सेन्सिटिभ पनि १४ दसमलव ५३ अंकले घटेर चार सय ४७ दसमलव २९ अंकमा झरेको छ । आज दुुई सात सात वटा कम्पनीहरुको ९६ हजार छ सय ५१ पटकको कारोवारमा एक करोड ६० लाख १७ हजार तीन सय २२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार आठ सय १४ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा होटल र पयर्टन बाहेक सबै समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५४ दसमलव ५७ अंकले घटेर १७ सय ९२ दसमलव २५ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ६७ दसमलव १५ अंकले घटेर १९ सय ३९ दसमलव ८७ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।