• गृहपृष्ठ
  • ‘यो माया नै हो’ बाट सुपरस्टारको कमब्याक(हेर्नुस् भिडियाे)

‘यो माया नै हो’ बाट सुपरस्टारको कमब्याक(हेर्नुस् भिडियाे)

Feb 27th, 2021

काठमाडौ, फागुुन १५

गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् । युवा बर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ । सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।