• गृहपृष्ठ
  • बिज्ञान र गरिमा शर्मा ले ल्याए ‘मैना’ (भिडियाे सहित)

बिज्ञान र गरिमा शर्मा ले ल्याए ‘मैना’ (भिडियाे सहित)

Feb 26th, 2021

काठमाडौ, फागुुन १४

कलाकार बिज्ञान र मोडेल गरिमा शर्मा फिचर्ड ’मैना’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतमा गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा कालीकै शब्द र संगीत छ। म्युजिक भिडियोमा बिज्ञान र गरिमा बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

पनौतीमा छायांकन गरिएको यस भिडियोलाई शंकल भुजेलले खिचेका हुन् । भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ । रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भारतको दिल्लीमा लामो समय थियटर सिकेर नेपाल फर्केका कलाकार बिज्ञानको यो डेब्यु म्युजिक भिडियो हो । यसअघि उनले केहि चलचित्र र नाटकको अनुभव बटुलीसकेका छन् ।’ मैना’लाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।