नेप्से घटेर रातै

Feb 25th, 2021

काठमाडौ, फागुुन १३

नेप्से घटेर रातै भएको छ । आज बिहिबार नेप्से ४४ दसमलव ९४ अंकले घटेर २५ सय ५४ दसमलव १३ अंकमा झरेको छ भने सेन्सिटिभ आठ दसमलव ५३ अंकले घटेर चार सय ६१ दसमलव ८१ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय छ वटा कम्पनीहरुको ८३ हजार चार सय सात पटकको कारोवारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव ४९ अंकले घटेर १८ सय ४६ दसमलव ८३ अंकमा झरेको छ भने जलबिद्युुत समुहको सुचक पनि २७ दसमलव ७५ अंकले घटेर दुुई हजार सात दसमलव तीन अंकमा झरेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सनराईज फष्ट म्युचअल फण्ड परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैक परेको छ ।