• गृहपृष्ठ
  • प्रहरी नायव महानिरीक्षक रन्जितकारबाट प्रहरी बिट अर्यालगाँउको नव–निर्मित भवनको समुदघाटन

प्रहरी नायव महानिरीक्षक रन्जितकारबाट प्रहरी बिट अर्यालगाँउको नव–निर्मित भवनको समुदघाटन

Feb 24th, 2021

काठमाडौ, फागुुन १२

प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारबाट महानगरीय प्रहरी बिट अर्याल गाँउको नव–निर्मित भवनको आज बिहान एक कार्यक्रम बिच समुद्धघाटन गर्नुभएको छ । महानगरीय प्रहरी बिट अर्यालगाँउको नव–निर्मित भवनको समुद्धघाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले समाजमा शान्ति सुरक्षा कायम गर्न,अपराध रोकथाम,नियन्त्रण एवं अनुसन्धान गर्न समुदायको सहयोग बिना प्रहरी एक्लैल गर्न नसक्ने भएकाले यसभवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्नु समुदाय प्रहरी साझेदारीको गतिलो उदारण भएको बताउनुभयो ।

भवन निर्माणमा आर्थिक सहयोग पु¥याउने कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, विभिन्न संघ–सस्था, सहयोगी महानुभावहरू,भवन निर्माण समितिका पदाधिकारीहरू र अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनु हुने सबैमा हार्दिक धन्यवाद दिनुहुदै नागरिकले प्रहरी प्रति विश्वास,भरोसाका साथ भवन निर्माण गरी हस्तान्तरण गर्नुले नागरिक सुरक्षा प्रति थप जिम्मेवार र कर्तव्यबोध भई यहाँका स्थानीय नागरिकहरूले शान्तिसुरक्षाको महसुस हुने गरी सेवा प्रवाह गर्न यस महानगरीय प्रहरी विटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा, गोकर्णेश्वर नगरपालिका उपमेयर शान्ता नेपाल, वडा अध्यक्ष केशव गुरङ र प्रकाश फुयाँल, भवन निर्माण समितिका अध्यक्ष घनश्याम गौतमले आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका, स्थानीय विभिन्न संघ–सस्था र सहयोगी महानुभावहरू सहयोगमा २८ लाख ७ हजार ५ सयको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको थियो ।