• गृहपृष्ठ
  • थप १ सय १० जनामा कोरोना सङ्क्रमण ,१ सय २ जना डिस्चार्ज

थप १ सय १० जनामा कोरोना सङ्क्रमण ,१ सय २ जना डिस्चार्ज

Feb 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन ११

शनिबार थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार २ सय १८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ६ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय १८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ जना छन् । हालसम्म २१ लाख ४६ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १ सय २ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय २ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।