• गृहपृष्ठ
  • पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

Feb 23rd, 2021

इस्लामावाद, ११ फागुन /रासस/सिन्ह्वा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गर्नुभएको छ । दुई दिने औपचारिक भ्रमणका लागि उहाँ आज त्यस तर्फ प्रस्थान गर्नुभएको हो । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा जानु भएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री भएपछि उहाँले पहिलो पटक श्रीलङ्काको भ्रमण गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उहाँ सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री हुनुभएको हो ।

खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।