• गृहपृष्ठ
  • थप १ सय २५ जनामा कोरोना सङ्क्रमण ,९० जना डिस्चार्ज

थप १ सय २५ जनामा कोरोना सङ्क्रमण ,९० जना डिस्चार्ज

Feb 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन १०

सोमबार थप १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ६ सय ८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ६ सय ८१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६६ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ जना छन् । हालसम्म २१ लाख ४३ हजार ३ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ९० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९० जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ९ सय ६६ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ।