नेप्से तीन अंकले बढ्यो

Feb 21st, 2021

काठमाडौ, फागुुन ९

नेप्से आज आईतबार तीन दसमलव ६६ अंकले बढेर २६ सय ४० दसलव ३४ अंकमा पुुगेको छ । तर सेन्सिटिभ भने दुुई दसमलव दुुई अंकले घटेर चार सय ७९ दसमलव ५८ अंकमा झरेको छ । आज दुुई सय सात वटा कम्पनीहरुको ९३ हजार ३९ पटकको कारोवारमा दुुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार नौ सय ६७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव १३ अंकले घटेर १९ सय २९ दसमालव ५३ अंकमा झरेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने २९ दसमलव ३२ अंकले बढेर २७ सय ६३ दसमलव ३० अंकमा चढेकोमा जलबिद्युुत, टे«डिङ, होटल, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शिवश्री हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बेस्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक लिमिटेड परेको छ ।