• गृहपृष्ठ
  • हरिहर निरौलाको प्रस्तुतिमा सत्यराज आचार्यको नयाँ गीत “भरोसाको दियो’’ सार्वजनिक (भिडियाे सहित)

हरिहर निरौलाको प्रस्तुतिमा सत्यराज आचार्यको नयाँ गीत “भरोसाको दियो’’ सार्वजनिक (भिडियाे सहित)

Feb 19th, 2021

काठमाडौ, फागुुन ७

हरिहर निरौलाको प्रस्तुतीमा “भरोसाको दियो“ बोलको गीत तयार भएको छ । उनैको लेखन समेत रहेको गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् ।
विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् । म्यूजिक भिडियो सहित तयार पारिएको गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् । उनकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् ।

हरि हुमागाँईको छायाङ्कन अनि बिकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।