• गृहपृष्ठ
  • मेलबर्नबाट कपिलले ल्याए ‘छमछमी’ (भिडियाे सहित)

मेलबर्नबाट कपिलले ल्याए ‘छमछमी’ (भिडियाे सहित)

Feb 17th, 2021

काठमाडौ, फागुुन ५

अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल युवा गायक कपिल सापकोटाले ’छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफुलाई भन्दा धेरै माया गर्ने व्यक्ति प्रति समर्पित यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ । पप लभ भर्सनको यस गीतको म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी फिचर्ड छन् ।

रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन् । ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।