आज पनि झण्डै १० अंकले बढ्यो नेप्से

Feb 17th, 2021

काठमाडौ, फागुुन ५

नेप्से आज पनि बढेको छ । आज बुुधबार नेप्से नौ दसमलव ९४ अंकले बढेर २६ सय ११ दसमलव ४५ अंकमा पुुग्दा सेन्सिटिभ एक दसमलव ४७ अंकले बढेर चार सय ७५ अंकमा चढेको छ । दुई सय तीन वटा कम्पनीहरुको ७६ हजार सात सय ३० पटकको कारोवारमा एक करोड ७६ लाख ८८ हजार दुुई सय ७१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब तीन करोड ५५ लाख १० हजार आठ सय ४४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहले कमाएकाछन भने सात वटाले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ७७ अंकले बढेर १९ सय १३ दसमलनव २९ अंकमा चढेको छ भने बिकास बैंक, टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज १४ दसमलव ४४ अंकले घटेर १९ सय २२ दसमलव ४५ अंकमा झर्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुगाउने कम्पनीहरुको सुचीमा सनराईज फष्र्ट म्युुचअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक नै परेको छ ।