वी किड्स स्कुलले गरयो अक्षरारम्भ

Feb 16th, 2021

भक्तपुर, फागुुन ४

भक्तपुरको पाण्डुबजार हाइट सूर्यविनायकस्थित वी किड्स स्कुलले सरस्वती पूजाको अवसरमा मंगलबार अक्षरारम्भ कार्यक्रम गरेको छ । ससाना नानीहरुलाई अक्षर चिनाउने कार्यक्रम ‘तपाईको नानीको अक्षरारम्भ’ कार्यक्रम गरेको हो ।

सूर्यविनायक नगरपालिका वडा नं ६ मा रहेको स्कुलले त्यस अवसरमा निःशुल्क हेल्थ क्याम्प पनि गरेको थियो । त्यस अवसरमा जनरल चेकअप र डेण्टल चेक अप गरिएको थियो । स्कुलकी प्रिन्सिपल मञ्जु दुवालले ईसीडी पद्धतिबाट प्रभावकारी शिक्षण गर्दै बालबालिकाको सर्वागिन विकाका लागि स्कुल प्रयासरत रहेको जनाइन् । यसका लागि स्कुलले थिमेटिक अपरोच (प्रोगेसिभ लर्निङ) को आधारमा ससाना नानीहरुलाई शिक्षण क्रियाकलपा गरिरहेको जनाइन् ।

एक्सप्लोर लर्न ग्रोथ उदघोषणका ससाना नानीहरुलाई उत्कृष्ट शिक्षणका लागि चाहिने सम्पूर्ण सुविधा तथा वातावरणका साथ शिक्षण क्रियाकलाप भइरहेको स्कुलले जनाएको छ । सरस्वती पूजाकै अवसरमा मंगलबारदेखि नै स्कुलमा प्ले ग्रुप देखि कक्षा एकसम्म भर्ना खुला गरिएको पनि स्कुलले जनाएको छ ।