आज पनि १५ अंकले बढ्यो नेप्से

Feb 16th, 2021

काठमाडौं, फागुुन ४

नेप्से आज मंगलबार पनि १५ दसमलव पाँच अंकले बढेर २६ सय एक दसमलव ५१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव नौ अंकले बढेर चार सय ७३ दसमलव ५३ अंकमा पुगेको छ । आज दुुई सय आठ वटा कम्पनीहरुको ७६ हजार चार सय ९३ पटकको कारोवारमा एक करोड ७७ लाख ३२ हजार सात सय ६५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १० अर्ब तीन करोड ५४ लाख ५४ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहले कमाएकाछन भने आठ वटाले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दसमलव ४१ अंकले बढेर १८ सय ८३ दसमलव ५२ अंकमा पुगेको छ भने बिकास बैंक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने २६ दसमलव ९८ अंकले घटेर १९ सय ३६ दमसलव ८९ अंकमा पुुग्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साधना लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नविल बैंक परेको छ ।