• गृहपृष्ठ
  • म्युजिक भिडियोमा पल र स्वस्तिमाको प्रेम (हेर्नुस् भिडियाे)

म्युजिक भिडियोमा पल र स्वस्तिमाको प्रेम (हेर्नुस् भिडियाे)

Feb 16th, 2021

काठमाडौ, फागुुन ४

पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित ’ज्यानमारा मुस्कान’ बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ । गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।