• गृहपृष्ठ
  • प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक (भिडियो)

प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक (भिडियो)

Feb 15th, 2021

काठमाडौ, फागुुन ३

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ’कान्छीको सम्झनामा’ को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् ।

विदेशमा रहेर स्वदेशमा रहेकी आप्mनी प्रियसीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ । यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन् । राजधानीको बसन्तपुर र अन्य रमणिय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिस राई र गीता ढुंगाना बीचको प्रेम अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो । गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो