• गृहपृष्ठ
  • टिभीएस मोटरको मार्भल्ल अभेन्जर्स्बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

टिभीएस मोटरको मार्भल्ल अभेन्जर्स्बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

Feb 14th, 2021

काठमाडौ, फागुुन २

टिभीएस मोटर कम्पनी, विश्वव्यापीरूपमा प्रतिष्ठित दुई पाङग्रे र तीन पाङग्रे गाडी निर्माताले आज मार्भल्स अभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपर स्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।

सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ । उक्त अवसरमा बोल्दैटिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, “टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीले र हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ! ” जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनकोसार्वजनिक गर्दै भने, “हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो। नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५ को लागी “वाहुफ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।” सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको
छ ।



स्टिल्थ ब्ल्याक

ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रबकोसाथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदैयसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

इन्भिन्सिबल रेड

आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सलेउसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रिएक्टर दुबै प्यानलमा छ । सरगमीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ ।

कम्ब्याट ब्लू

क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१) रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ । सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्टएक्सनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउँदछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन्। प्रत्येक एप स्क्रीन सुपर हीरो को एक अद्वितीय चरित्र विशेषता संग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।