• गृहपृष्ठ
  • बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

Feb 14th, 2021

काठमाडौ, फागुुन २

नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

नेपालमै व्यवस्थापन तथा आई. टि. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरि सकेको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गदै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताउनुभयो । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश ः पोखरा विश्वविधालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविधालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका ३ वटा, काठमाडौं विश्वविधालयका २ वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविधालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहेने छ भने १५ वटा विदेशी विश्वविधालयको कोर्ष पढाउने संस्थाहरु जसमा यु.के मलेसिया अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिनुभयो ।

यस वर्षको पाठशाला एजुकेशन फउण्डेशनद्घारा आयोजित छैठांै नेपाल व्यवस्थापन र आई.टि. शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल विजनेश कलेज, काठमाडांै नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालि रहेको छ ।