एकै दिन ३३ अंकले घट्यो नेप्से

Feb 14th, 2021

काठमाडौ, फागुुन २

नेप्से उच्च अंकले घटेको छ । नेप्से आज आईतबार ३३ दसमलव ३३ अंकले घटेर २४ सय ९३ दसमलव ५९ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव ३१ अंकले घटेर चार सय ५४ दमसलव १२ अंकमा झरेको छ । आज दुई सय दुुई वटा कम्पनीहरुको ५८ हजार तीन सय नौ वटा कारोवारमा एक करोड ४८ लाख ५१ हजार पाँच सय ९२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार नौ सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ७१ अंकले घटेर १७ सय ८७ दसमलव ७८ अंकमा झरेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ७७ दसमलव ३५ अंकले घटेर १२ हजार नौ सय ६६ दसमलव ५५ अंकमा झरेको छ । यि बाहेक जलबिदुुत, बिकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहका सुचक पनि घटेर रातै भएकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्प्र्रmास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।