सामान्य अंकले बढ्यो नेप्से

Feb 10th, 2021

काठमाडौ, माघ २८

अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने सामान्य अंकले बढेको छ । नेप्से आज आठ दसमलव ६६ अंकले बढेर २५ सय ४३ दसमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ५६ अंकले बढेर चार सय ६५ दसमलव १३ अंकमा चढेको छ । आज एक सय ९२ वटा कम्पनीहरुको ६२ हजार १५ पटकको कारोवारमा एक करोड ४९ लाख छ हजार ७७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ६४ करोड ९४ लाख ११ हजार तीन सय ९८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेपनि सात वटा समुहको सुचक भने घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ६१ अंकले बढेर १७ सय ९७ दसमलव ८५ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा र होटल समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज १९ दसमलव २७ अंकले घटेर १९ सय ४८ दसमलव १३ अंकमा झरेको छ भने जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साधना लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैंक परेको छ ।