एकै दिन २९ अंकले घट्यो नेप्से

Feb 9th, 2021

काठमाडौ, माघ २७

नेप्से आज मंगलबार २९ दसमलव एक अंकले घटेर २५ सय ३२ दसमलव ४६ अंकमा झरेको छ । सेन्सिटिभ पनि चार दसमलव ८९ अंकले घटेर चार सय ६१ दसमलव ७० अंकमा झरेको छ । आज एक सय ९४ वटा कम्पनीहरुको ७१ हजार एक सय १२ पटकको कारोवारमा एक करोड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँ पुगेको छ । आज ३५ मिनेट नेप्सेको नियमित कारोवार कक्ष अवरुद्ध हुंदा नेप्से ३ः३५ बजे बन्द भएको थियो ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा बिकास बैक र फाईनान्स समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक नौ दसमलव ४२ अंकले घटेर १७ सय ६९ दसमलव ८६ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुुडविल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज ग्रामिण बिकास लघुबित्त बित्तीय संस्था परेको छ ।