• गृहपृष्ठ
  • अनलाइनबाट प्रवेश परिक्षाको तयारी गर्न सकिने

अनलाइनबाट प्रवेश परिक्षाको तयारी गर्न सकिने

Feb 4th, 2021

काठमाडौ, माघ २२

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकज जलानले जानकारी दिए ।

उनका अनुसार नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि परिक्षाका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।