आठ अंकले बढेर रोकियो नेप्से

Feb 4th, 2021

काठमाडौं, माघ २२

आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज आठ दसमलव ३४ अंकले बढेर २४ सय ७५ दसमलव २६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६८ अंकले बढेर चार सय ५४ दसमलव दुुई अंकमा चढेको छ । दुुई सय एक वटा कम्पनीहरुको ७२ हजार एक सय ७० पटकको कारोवारमा एक करोड ८७ लाख १९ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम सात अर्ब ६१ करोड ५० लाख ९७ हजार चार सय नौ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा कम्पनीहरुको कारोवार हुंदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ४३ अंकले घटेर १७ सय २० दसमलव ४४ अंकमा झरेकोमा बिकास बैंक, जीवन बीमा, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ३६ दसमलव ८८ अंकले बढेर १९ सय ५८ दसमलव ९२ अंकमा पुुग्दा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्रभुु लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।