झण्डै सात अंकले घट्यो नेप्से

Feb 3rd, 2021

काठमाडौ, माघ २१

नेप्से झण्डै सात अंकले घटेको छ । आज बुुधबार छ दसमलव ८१ अंकले घटेर २४ सय ६६ दसमलव ९२ अंकमा पुुगेपनि सेन्सिटिभ भने शुन्य दसमलव ९२ अंकले बढेर चार सय ५२ दसमलव २९ अंकमा पुगेको छ । आज दुुई सय दुुई वटा कम्पनीहरुको ९१ हजार पाँच सय ५९ पटकको कारोवारमा दुुई करोड २० लाख ४० हजार पाँच सय १६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कराोवार नौ अर्ब ५३ करोड १७ लाख १६ हजार चार सय ९६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बंैंक समुहको सुचक चार दसमलव सात अंकले बढेर १७ सय २७ दसमलव ४४ अंकमा पुुगेको छ भने जलबिद्युुत, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैंक परेको छ ।