• गृहपृष्ठ
  • वाइवाइ नेपाल स्टारको पहिलो सिजन को स्टार बनिन पोखराकी एलिना गुरुङ्ग

वाइवाइ नेपाल स्टारको पहिलो सिजन को स्टार बनिन पोखराकी एलिना गुरुङ्ग

Jan 31st, 2021

काठमाडौ, माघ १७

नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरि प्रशारण भएको नेपालको आफनै साँगितिक रियालीटि शो को पहिलो सिजनको अन्तिम प्रतिस्पर्धा यही माघ १७ गते बेलुकी सक्किएको छ । वाइवाइ नेपाल स्टारको यो अन्तिम प्रतिस्र्पधामा पोखराकी एलिना गुरुङ्गले पहिलो सिजनको वाइवाइनेपाल स्टारको उपाधीजित्न सफल भएकी छिन् ।

नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहकाबीच कार्यक्रम भएको थियो । नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई बिश्वको कुनाकुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइवाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहनुहुने सम्पुर्ण सहभागीहरुले देशको नाम राख्न सफलभएको मन्त्री गुरुङले बताएका थिए । नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आमदर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुसभएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिए ।

नेपालको आफनै एकमात्र साँगितिक रियालीटि शो वाइवाइ नेपाल स्टारको अडिसन नेपालको ७ बटै प्रदेशमा भएको थियो । यस वाइवाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइवाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए । वाइवाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाण्डौका शुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए । यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही रु ५, ५ लाखका दरले नग दप्राप्त गरका थिए भने वाइवाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित रु ३५ लाख नगद जितेकी छिन् ।

वाइवाइ नेपाल स्टार २०७६ साल फाल्गुन २४ गते शनिवारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रशारण शूरुवात भएको थियो । बिश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल स्टार पनि केही समय रोकिन पुगेको थियो र यसलाई पुन केही समयपछि निरन्तरता दिइएको थियो । यस कार्यक्रमलाई बिश्वस्तरको बनाउन नेपाल स्टारका डाइरेक्टर रवि श्रेष्ठको अथक प्रयास, मेहनत र परिश्रम प्रत्यक्ष प्रशारणसम्म रहेको थियो भने उहाँसँग एउटै टिममा रहेर काम गर्नुहुने सम्पुर्ण नेपाल स्टार उत्पादन,व्यवस्थापन टिमको उत्तिकै मेहनत रहेको थियो ।

वाइवाइ नेपाल स्टार जस्तो नेपालको आफनै साँगितिका रियालिटी शो परिकल्पना कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले गर्नुभएको थियो र उहाँले शुरुदेखि अन्तसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठ लगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्षरुपमा संबाद गर्नुभएको थियो ।