पहिलो दिन नै ५४ अंकले घट्यो नेप्से

Jan 31st, 2021

काठमाडौ, माघ १८

नेप्से आज आईतबार ५४ दसमलव ७५ अंकले घटेर २३ सय ७० दसमलव ५४ अंकमा झरेको छ । सेन्सिटिभ पनि नौ दसमलव ७३ अंकले घटेर चार सय ३२ दसमलव ३३ अंकमा झरेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ९६ हजार एक सय ५६ पटकको कारोवारमा एक करोड ६२ लाख ७७ हजार दुुई सय ४५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव एक अंकले घटेर १६ सय ६९ दसमलव ९२ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३७ दसमलव १२ अंकले घटेर १८ सय ३४ दसमलव ३२ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा प्रभुु लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिलायन्स फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।