• गृहपृष्ठ
  • सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतको विधामा मोडल अनिता गिरी

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतको विधामा मोडल अनिता गिरी

Jan 31st, 2021

काठमाडौ, माघ १८

म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् । उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अवार्डले अभिनयको क्षमतामाथि चुनौती थपिएको बताइन् ।

टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमाल स्वरको गीतमा मोडल अनिता गिरीको अभिनय छ । मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।