नेप्से पुन १८ अंकले बढ्यो

Jan 27th, 2021

काठमाडौ, माघ १४

नेप्से आज बुुधबार १८ दसमलव ७६ अंकले बढेर २४ सय ४१ दसमलव ८५ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ८६ अंकले घटेर चार सय ४६ दसमलव ३८ अंकमा झरेको छ । आज दुुई सय आट वटा कम्पनीहरुको ५९ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ५२ लाख ८९ हजार दुुर्ई सय ५९ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम आठ अर्ब ६२ लाख ३८ हजार सात सय ७० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव १२ अंकले घटेर १७ सय ५२ दसमलव ७१ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमाआज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नै परेको छ ।