• गृहपृष्ठ
  • रविनको ‘थोरै खुशी’मा कुलदिप र कविता (भिडियाे)

रविनको ‘थोरै खुशी’मा कुलदिप र कविता (भिडियाे)

Jan 26th, 2021

काठमाडौ, माघ १३

गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ’थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ । यस गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने बिशम आचार्यले संगीत संयोजन गरेका हुन् ।

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ । श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।