उत्कृष्ट बन्दै ख्वप कलेज

Jan 26th, 2021

भक्तपुर, माघ १३

हुन त ख्वप कलेज भक्तपुरमा विज्ञान, व्यवस्थापन, मानविकी अनि शिक्षा चार वटै संकायमा माष्टर्ससम्मको पढाई हुन्छ र चार वटै संकायमा उतिकै गुणस्तरीय पढाई भएर प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल हुँंदै आएको छ । तर पनि यहाँंको व्यवस्थापनको पढाई अझ गज्जव रहेको छ ।

व्यवस्थापन संकायमा मात्रै अहिलेसम्म कलेजका दुईजना विद्यार्थी गोल्डमेडलिष्ट हुन सफल भएका छन् । त्यहाँंकी छात्रा सन्तोषी रिमाल २०६८ सालमा त्रिभुबन विश्वविद्यालयको एमबीएसमा गोल्डमेडलिष्ट हुन सफल भइन् भने २०७२ सालमा फेरि कलेजका छात्र अभिशेकराज खरेल एमवीएसमै गोल्डमेडलिष्ट हुन सफल भए ।

कलेजका प्राचार्य रुपक जोशी शिक्षक अनि विद्यार्थीको सामूहिक प्रयासबाट यो सफलता मिलेको सुनाउँंछन् । कलेजमा अनुशाशनलाई कडाइका साथै नियमित पढाई, अनुभबी शिक्षक अनि मिहेनती विद्यार्थीको कारण यो सफलता मिलेको प्राचार्य जोशी बताउँंछन् ।

कलेजका सहायक प्राचार्य एवं बीबीएस इन्चार्ज डा राजेशकुमार श्रेष्ठ २०५८ सालमा पहिलो पटक बीबीएसको पढाईका लागि त्रिभुबन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी पढाई सुरु गरेकोमा अहिलेसम्म निरन्तर उत्कृष्ट नतिजा निकाल्न सफल भएको सुनाउँंछन् । कलेजमा व्यवस्थापन संकायमा मात्रै स्नातक तहमा बीबीएस, बीबीएमको पढाई हुँंदै आएको उनी जनाउँंछन् ।

यसमा पछिल्लो पटक अध्यापनका लागि स्वीकृति पाएको वीवीएमको पढाई पनि गज्जवले भइरहेको छ । त्यही कारण पढ्ने विद्यार्थीको आकर्षण पनि वढेको छ । पहिलो पटक १८ जना विद्यार्थीबाट सुरु भएको यसमा दोश्रो वर्षमा एकैचोटी पूर्ण कोटामा विद्यार्थी भर्ना भएका थिए । वीबीएममा त्यहाँंको कोटा ४४ जना विद्यार्थी भर्ना गर्ने रहेको छ ।

कलेजले राखेको तथ्यांक अनुसार प्रत्येक वर्ष त्यहाँ ६५ प्रतिशत हाराहारीमा विद्यार्थी उतीर्ण हुँंदै आएका छन् । जुन राष्टिय परीक्षाफलको तुलनामा निकै राम्रो परीक्षाफल हो । कलेजले राखेको तथ्यांक अनुसार स्नातक र स्नाताकोतर तह सवै मिलाएर यहाँंको परीक्षाफल ६५ प्रतिशतको हाराहारीमा रहेको छ । शैक्षिक सत्र २०७४।०७५ मा स्नातक र स्नाताकोतर तह दुवै गरी त्यहाँंको उतीर्ण प्रतिशत ६६ दशमलब चार थियो भने शैक्षिक सत्र २०७५।०७६ मा ६२ दशमलब ७९ र शैक्षिक सत्र २०७६।७७ मा ६५ दशमलब ८३ प्रतिशत रहेको थियो ।

कलेजमा स्नातक तहमा बीबीएस, बीए, बीएस्सी, बीबीएमको पढाईहरु भइरहेका छन् । साथै स्नातकोतर तहमा एमवीएस, एमए अंग्रेजी, एमए इकोनोमिक्स र एमएसीको पढाई भइरहेका छन् ।
व्यवस्थापन विषय अध्ययनपश्चात यहाँका विद्यार्थीहरु देशका प्रतिष्ठित वितिय संस्था हरुमा कार्यरत रहेका छन् । व्यवस्थापन विषयलाई प्रभावकारी बनाउन समयसमयमा विद्यार्थीहरुलाई व्यवहारिक तालीमहरु पनि दिदै आएको छ । जसले गर्दा देशका महंगा कलेजका विद्यार्थीहरू भन्दा पनि यस कलेजका विद्यार्थीहरु अब्बल रहेका छन ।

ख्वप भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेज हो । यहाँं सवै संकायमा प्लस टुदेखि माष्टर्ससम्मको पढाई भइरहेको छ । कम शुल्कमा गुणस्तीय पढाई हुने कारण यहाँं विद्यार्थीको चाप छ ।