• गृहपृष्ठ
  • नेप्सेमा उच्च अंकले गिरावट, होटल र फाईनान्स बाहेक सबै समुहले गुमाए

नेप्सेमा उच्च अंकले गिरावट, होटल र फाईनान्स बाहेक सबै समुहले गुमाए

Jan 26th, 2021

काठमाडौ, माघ १३

नेप्से उच्च अंंकले गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार १७ दसमलव ७९ अंकले घटेर २४ सय २३ दसमलव नौ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा झरेको छ । दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोवारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर किनबेच हुुंदा आज कारोवार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र फाईनान्स समुहको बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा झर्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा शिवश्री हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।