• गृहपृष्ठ
  • साताको पहिलो दिन नै ५० अंकले बढ्यो नेप्से

साताको पहिलो दिन नै ५० अंकले बढ्यो नेप्से

Jan 24th, 2021

काठमाडौ, माघ ११

नेप्से एकै दिन ५० अंकले बढेको छ । आज आईतबार नेप्से ५० दसमलव दुुई अंकले बढेर २४ सय २४ दसमलव ८४ अंकमा चढेकोमा सेन्सिटिभ छ दसमलव ४७ अंकले बढेर चार सय ५२ दसमलव छ अंकमा पुुगेको छ । आज दुुई सय सात वटा कम्पनीहरुको ७९ हजार चार सय ९८ पटकको कारोवारमा एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार दुुई सय २० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ३६ अंकले बढेर १७ सय ४५ दसमलव ४२ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक ५१ दसमलव १३ अंकले बढेर १९ सय २९ दसमलव ४९ अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।