एकैदिन ३१ अंकले बढ्यो नेप्से

Jan 21st, 2021

काठमाडौ, माघ ८

नेप्से आज बिहिबार एकै दिन ३१ दसमलव ८७ अंकले बढेर २३ सय ७४ दसमलव ६४ अंकमा पुगेको छ । सेन्सिटिभ पनि दुई दसमलव ५९ अंकले बढेर चार सय ४५ दसमलव ५९ अंकमा चढेको छ । आज दुुई सय नौ वटा कम्पनीहरुको ६९ हजार दुुई सय ९२ पटकको कारोवारमा एक करोड ८० लाख ९६ हजार आठ सय २९ कित्ता किनबेच भएकाछन भने सेयर कारोवार रकम सात अर्ब ७९ करोड ४१ लाख ३२ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र सामुुहिक लगानी कोष समुहको घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बिकास बैक समुहको सुचक ३१ दसमलव ३८ अंकले बढेर दुुई हजार पाँच सय ५५ दसमलव ९७ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स लघुबित्त संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।