• गृहपृष्ठ
  • नेप्से १५ अंकले बढ्दा छ अर्ब २१ करोडको सेयर किनबेच

नेप्से १५ अंकले बढ्दा छ अर्ब २१ करोडको सेयर किनबेच

Jan 20th, 2021

काठमाडौ, माघ ७

नेप्से बढेको छ । आज बुुधबार नेप्से १५ दसमलव ८७ अंकले बढेर २३ सय ४२ दसमलव ७६ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव १८ अंकले बढेर चार सय ४३ अंकमा चढेको छ । आज दुुई सय ११ वटा कमपनीहरुको ५३ हजार तीन सय ३४ वटा कारोवारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक घटेपनि सात वटा समुहको सुचक भने बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ४३ अंकले घटेर १७ सय २७ दसमलव ८९ अंकमा पुुग्दा होटल, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुुई दसमलव एक अंकले बढेर २५ सय २४ दसमलव ६९ अंकमा पुुग्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरको सुचीमा भने नेपाल लाईफ इन्सेरेन्स कम्पनी परेको छ ।