• गृहपृष्ठ
  • ललितपुरको चाँगाथलीमा एक दम्पती मृत फेला

ललितपुरको चाँगाथलीमा एक दम्पती मृत फेला

Jan 19th, 2021

ललितपुर, माघ ६

ललितपुरको चाँगाथलीमा एक दम्पती मृत फेला परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार यही माघ पाँच गते अन्दाजी ११ बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी न. पा. वडा नं. ७ चाँगाथली स्थित रमेश खड्काको घरको भुई तलामा फ्ल्याट भाडामा लिई बसोबास गर्दै आएका सप्तरी जिल्ला राजबिराज न. पा. वडा नं.३ स्थायी घर भएका बर्ष ३२ को सागर पोखरेल र निजको श्रीमती बर्ष २० की निर्मला खनाल (पोखरेल) मृत फेला परेका हुुन ।

प्रहरीका अनुसार उनीहरु बस्ने गरेको डेराकोठाको भित्रबाट चुकुल लगाई निजहरु दुबै जना उक्त कोठामा मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा महानगरीय प्रहरी वृत सातदोबाटोबाट प्रहरी अधिकृत समेतको टोली घटना स्थलमा खटि गई घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा सेल्फस नामक बिषादीको खाली बट्टा थान २, बान्ता गरेको जस्तो देखिने पदार्थ समेत फेला परेको थियो । सो घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।