• गृहपृष्ठ
  • पिपुल्स हाईड्रोको सेयर बिक्री प्रर्वन्धकमा सानिमा क्यापिटल

पिपुल्स हाईड्रोको सेयर बिक्री प्रर्वन्धकमा सानिमा क्यापिटल

Jan 19th, 2021

काठमाडौ, माघ ६

पिपुल्स हाईड्रो पावर लिमिटेडको सेयर बिक्री प्रर्वन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरिरहेको छ । सो मा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्ब ७५ करोड मध्ये ८२ करोड ५० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको ८२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि उक्त सानिमा क्यापिटललाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।

सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरकातर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेकाछन ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपम ादर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिका (तत्कालीन ढोडेनीे/फलेनी गा.वि.स.) माबहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिसत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।