• गृहपृष्ठ
  • स्पार्क अटोमोटिभ्सले ल्यायो एस इक्विपमेन्टको उत्पादन नेपालमा

स्पार्क अटोमोटिभ्सले ल्यायो एस इक्विपमेन्टको उत्पादन नेपालमा

Jan 19th, 2021

काठमाडौ, माघ ६

भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले बाग्मती र नारायणी अञ्चलको लागि ल्याएको हो ।

एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हीललोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । पार्क अटोमोटिभ्स प्रालिको वर्कसप तथा शोरुम काठमाडौं तथा बिरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्रीबितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ ।

एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथाउत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुला ठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्रीबितरण मध्यपूर्व, एशिया, अफ्रिकातथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।