सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Jan 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, माघ ६

सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ ।

सोमबार तोलामा रु ९१ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ४०० बढेर रु ९२ हजारमा कारोबार भएको छ।महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० तोकेको छ । यस अघि सोमबार तेजाबी सुन प्रतितोला रु ९१ हजार १०० मा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले वृद्धि भएको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १२४५ तोकेको छ । यस अघि सोमबार चाँदी प्रतितोला रु १२३० मा कारोबार भएको थियो ।