• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुुबै उच्च अंकले बढे

नेप्से सुचक तथा कारोवार रकम दुुबै उच्च अंकले बढे

Jan 18th, 2021

काठमाडौ, माघ ५

आज सोमबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज १७ दसमलव ३१ अंकले बढेर २३ सय ३२ दसमलव ३२ अंकमा चढेकोमा न्सिटिभ दुुई दसमलव १८ अंकले बढेर चार सय ४५ दसमलव ६१ अंकमा पुुगेको छ ।

नेप्सेमा आज दुई सय सात वटा कम्पनीहरुको ५१ हजार आठ सय १३ पटकको कारोवारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार एक सय ६५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज कारोवार भएका कम्पनीहरु मध्ये सबैभन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।